Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

  • 722
    SHARES
  • मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आज बेलुका घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।

    सो क्रममा बायाँ हातको औँलामा करेन्ट लागेका उनको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij