Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विद्यार्थीलाई पोशाक वितरण

विद्यार्थीलाई पोशाक वितरण

  • 483
    SHARES
  • विद्यार्थीलाई पोशाक वितरण

    काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गरेका छन् । वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करूपमा पोशाक वितरण गरेक हुन् ।

    ‘विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् । सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरूपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो’, वडाध्यक्ष थापाले भने ।

    शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ । उनले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजना बनाएको बताए ।

    थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij