Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संघीय शिक्षा ऐन सहमतिपछि संसद्मा प्रस्तुत हुन्छ : शिक्षामन्त्री

संघीय शिक्षा ऐन सहमतिपछि संसद्मा प्रस्तुत हुन्छ : शिक्षामन्त्री

  • 2.4K
    SHARES
  • संघीय शिक्षा ऐन सहमतिपछि संसद्मा प्रस्तुत हुन्छ : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन सहमतिपछि संसद्मा प्रस्तुत गर्ने बताएका छन् ।

    images

    संघीय संसद्मा विनियोजन विधेयकअन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै शिक्षामन्त्री पौडेलले सो कुरा बताएका हुन् । 

    शिक्षामन्त्री पौडेलले संघीय शिक्षा ऐन  (विद्यालय शिक्षा, उच्च शिक्षा,  प्राविधिक तथा व्यावसायिक शिक्षा,राष्ट्रिय योग्यता प्रारुप र एकिकृत स्वास्थ्य शिक्षा सम्बन्धी) को मस्यौदा तयार भैसकेको  जानकारी गराए । 

    उनले यस विषयमा सम्बन्धित मन्त्रालयसँग आवश्यक छलफल भैरहेको जावाफका क्रममा जानकारी दिए । सहमतिका लागि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भैरहेको उनले संसद्मा जानकारी गराए । 

    सहमतिपश्चात सदनमा प्रस्तुत गरिने उनको जवाफमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology