Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गैरआवासीय नेपालीको नागरिकता समस्या यथाशिघ्र सम्बोधन गर्छाैँ : प्रधानमन्त्री देउवा

गैरआवासीय नेपालीको नागरिकता समस्या यथाशिघ्र सम्बोधन गर्छाैँ : प्रधानमन्त्री देउवा

  • 433
    SHARES
  • गैरआवासीय नेपालीको नागरिकता समस्या यथाशिघ्र सम्बोधन गर्छाैँ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    उनले भने, ‘तपाईँहरूले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरि यथाशीघ्र सम्बोधन गरिने कुरामा आश्वस्त पार्न चाहन्छु ।’

    सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरूलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए ।

    उनले भने, ‘तपाईहरूले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij