Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्मचारीको तलबबारे अर्थ मन्त्रालयको परिपत्र

कर्मचारीको तलबबारे अर्थ मन्त्रालयको परिपत्र

  • 56.5K
    SHARES
  • कर्मचारीको तलबबारे अर्थ मन्त्रालयको परिपत्र

    काठमाडौं । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रिसेवक, निजामती कर्मचारी, नेपाली सेना र प्रहरीको अपुग तलब सम्बन्धित निकायबाट माग भई आएमा भुक्तानी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

    images

    अर्थमन्त्रालयमा २०७९/०२/३० गतेको सचिवस्तरिय बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयमा मिति २०७८/११/२० को चलानी नम्बर ५६९ को परिपत्र कार्यन्वयन गर्ने क्रममा तलब भुक्तानी गर्न कठिनाई भएको भनि विभिन्न निकायबाट जानकारी प्राप्त भएको जनाउँदै अर्थमन्त्रालयले स्वीकृत दरबन्दी रहेका सबै मन्त्रालयका कर्मचारीको तलब व्यवस्था मिलाउन अनुरोध गरेका हो ।

    अर्थमन्त्रालयको उक्त शाखाले २०७८/११/१६ गते निर्णय गरेर चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालय/निकायबाट राष्ट्रसेवक निजामती कर्मचारी, नेपाली सेना, प्रहरीको अपुग तलब माग भई आएकोमा सोको व्यवस्थापनको लागि विनियोजन ऐन २०७८ को दफा ८ (७) को व्यवस्था कार्यान्वयन गर्ने गरि अनिवार्य दायित्वअन्तर्गत तलबको एउटै उपशीर्षक भित्रको रकम थपघट गर्ने व्यवस्था मिलाई सोही बमोजिम बचत रहेन रकमबाट तलबको व्यवस्था गर्न मन्त्रालयले अनुरोध गरेको थियो ।

    सो गर्दा समेत अपुग हुने तलब नियमानुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा माग गर्नुहुन २०७८/११/१६ को नियम अनुसार गर्न अनुरोध गरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि अर्थमन्त्रालयको पत्रअनुसार अपुग तलबको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

    याे हेर्नुहाेस् 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology