Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विज्ञ समिति गठन गरिने

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विज्ञ समिति गठन गरिने

  • 879
    SHARES
  • विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विज्ञ समिति गठन गरिने

    सांकेतिक तस्बिर 

    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गर्ने नीति लिएको छ । महानगरले आइतबार सार्वजनिक गरेको आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति लिएको हो ।

    विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई प्रविधिमैत्री सिप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदानप्रदानका कार्यक्रम संचालन गर्ने नीतिमा भनिएको छ ।

    दरबार हाईस्कुललाई राष्ट्रियस्तरको नमुना विद्यालयको रुपमा संचालन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति महानगरले लिएको छ ।

    त्यसैगरी महानगरले लामो समयदेखि महानगरको शिक्षा नीति तथा शिक्षा नियमावली विपरीत विनाअनुमति सञ्चालन हुँदै आएका महानगरभित्रका शैक्षिक परामर्श केन्द्र, कोचिङ्ग सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने व्यवस्था नीतिमा उल्लेख गरेको छ ।

    महानगरले आफ्नो नीतिमा सबै विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गरेको छ ।

    महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि महानगरपालिका शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

    आवासीय संस्थागत विद्यालयमा कम्तीमा १ जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाउने नीतिमा उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology