वेबटिभी खबर
काठमाडौं । प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरि उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरि फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ ।
गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी गरि आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन् ।
सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो । हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।
प्रहरीले पीडित महिलालाई प्रसुती गृह अस्पतालमा स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान सुरु गरेको छ । काभ्रेको तिमाल गाउँपालीका–९ घर भई तामाङ हाल बनेपामा डेरा गरि बस्दै आएका थिए ।
तामाङविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij