Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

  • 372
    SHARES
  • वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले १० वर्षे (२०२१/२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ ।

    images

    निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरूस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।

    निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताए ।

    उनका अनुसार निगमले ६४औं वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ।

    त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनः तालिकीरण गर्न पहल गर्ने निगम व्यवस्थापनले निर्णय गरेको छ ।

    यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ । निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology