Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पदभार ग्रहण गर्दै नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे दुई निर्णय

पदभार ग्रहण गर्दै नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे दुई निर्णय

  • 642
    SHARES
  • पदभार ग्रहण गर्दै नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे दुई निर्णय

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण 
    गरेका हुन् ।

    उनले पदभार ग्रहणसँगै मन्त्री श्रेष्ठ दुई दुइटा निर्णय गरेका छन् । उनले कोरोना महामारी (कोभिड–१९)बाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेका छन् ।

    उक्त समितिलाई कार्ययोजना बनाएर सात दिनभित्र पेस गर्ने पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने अर्को निर्णय गरेका छन् ।

    यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने निर्णय मन्त्री श्रेष्ठले गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij