Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पहिरोले डुम्रे–बेँसीशहर सडकखण्ड अवरूद्ध

पहिरोले डुम्रे–बेँसीशहर सडकखण्ड अवरूद्ध

  • 398
    SHARES
  • पहिरोले डुम्रे–बेँसीशहर सडकखण्ड अवरूद्ध

    काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे–बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरूद्ध भएको छ ।

    डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले  सडक अवरूद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

    उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरूद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरूद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ

    सडकअवरूद्ध भएपछि काठमाडौं, पोखरा, चितवनतर्फ  जाने र  बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij