Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

१०९ जीवित जनवारसहित भारतीय महिला पक्राउ

१०९ जीवित जनवारसहित भारतीय महिला पक्राउ

  • 371
    SHARES
  • १०९ जीवित जनवारसहित भारतीय महिला पक्राउ

    काठमाडौं । बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् ।

    images

    जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् ।

    एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ ।

    लगेजमा दुईवटा सेतो दुम्सी, दुई ओटा सालक, ३५ वटा कछुवा, ५० वटा छेपारो र २० वटा सर्प फेला पारेका थिए ।

    जनाबर तस्कर गर्ने महिला नित्या राजा र जाकिया सुल्थाना इब्राहिम रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उनीहरू  चेन्नईको लागि उडानमा सवार थिए ।

    उनीहरुलाई २०१९ को वन्यजन्तु संरक्षण तथा संरक्षण ऐन, २०१५ को पशु रोग ऐन र २०१७ को भन्सार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology