Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

न्यू डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

न्यू डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

  • 316
    SHARES
  • न्यू डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

    काठमाडौं । बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

    images

    कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५–६, २५–६, २५–११ ले पराजित गर्यो ।

    राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ ।

    यता लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअघि परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

    पुलिसले मंगलबार उद्घाटन खेलमा आयोजक न्यू डायमन्डमाथि सोझो सेटको जित निकालेको थियो । बुधबार नै हुने दोस्रो खेलमा न्यू डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

    राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्नेछन् । यस्तै चौथो हुने टिमले ७५ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology