Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसीप अर्को साता

तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसीप अर्को साता

  • 304
    SHARES
  • तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसीप अर्को साता

    काठमाडौं । नेपाल ई-स्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसीप यही असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।

    images

    पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो  । च्याम्पियनसीपमा पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसीपका प्रतियोगिताहरू संचालन भइसकेको र २३ असारदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी दिए ।

    जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडकाबीच १६ असारसम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाए ।

    च्याम्पियनसीप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व ई-स्पोर्टस् च्याम्पियनसीप २०२२ को छनोट प्रतियोगितासमेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसीपमा छनोट भएपश्चात विश्व च्याम्पियनसीपमा सहभागिता जनाउने छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology