Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

उपसभापति गुरूङ सवार गाडी दुर्घटनाबाट जोगियो

उपसभापति गुरूङ सवार गाडी दुर्घटनाबाट जोगियो

  • 1.5K
    SHARES
  • उपसभापति गुरूङ सवार गाडी दुर्घटनाबाट जोगियो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना हुनबाट जोगिएको छ ।

    images

    ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्कने क्रममा गुरूङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको हाे ।

    तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरूले जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आँफू सकुशल रहेको पनि जानकारी दिएका छन् ।

    उनले फेसबुकमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो  रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

    गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology