Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विश्व स्वास्थ्य संगठन भन्छ-विश्वका ११० देशमा कोरोना संक्रमण फेरि बढ्यो

विश्व स्वास्थ्य संगठन भन्छ-विश्वका ११० देशमा कोरोना संक्रमण फेरि बढ्यो

  • 356
    SHARES
  • विश्व स्वास्थ्य संगठन भन्छ-विश्वका ११० देशमा कोरोना संक्रमण फेरि बढ्यो

    जेनेभा । तेस्रो लहरकाे प्रकाेपपछि विश्वप्यापीरुपमा घट्दै गएको कोरोना संक्रमण केही दिनयता पुनः बढ्दै गएको तथ्यांकले देखाएको छ । 

    images

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिले विश्वका ११० वटा देशमा कोरोना संक्रमण फेरि वृद्धि भइरहेको तथ्यांकबाट देखिएको जनाएको छ ।

    कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहे पनि महामारी भने अझै अन्त्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले बताएका छन् । 

    'महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ-नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,' डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने । 

    विश्वभरीको तथ्यांक हेर्दा अहिले औसतमा २० प्रतिशत संक्रमण बृद्धि भएको पनि उनले जानकारी दिए ।

    डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।  

    पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब डोज खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

    'विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन्,' उनले भने, 'अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोप त्यो तहसम्म पुर्‍याउन सकेका छैनन् ।' 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology