Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उपरराष्ट्रपति निवासमा प्रचण्ड–बाबुराम छलफल, के भयो कुराकानी? 

उपरराष्ट्रपति निवासमा प्रचण्ड–बाबुराम छलफल, के भयो कुराकानी? 

  • आषाढ १६, २०७९ बिहिवार २२:०१ बजे
  • 643
    SHARES
  • उपरराष्ट्रपति निवासमा प्रचण्ड–बाबुराम छलफल, के भयो कुराकानी? 

    काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। दुई नेताबीच उपपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हो। 

    images

    जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले प्रचण्डसँग भेटघाट गरेका हुन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ। 

    उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सुकबहादुर रोकाले प्रचण्ड र भट्टराईबीच बिहान साढे १० बजेदेखि १ घण्टा छलफल बताए। उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology