Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

  • 316
    SHARES
  • बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

    मुम्बई । बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

    images

    उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन । सुरुवातमा उनले फिल्ममा आउनु अघि परिवारलाई निकै सम्झाउनु परेको थियो ।

    शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन् । उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो ।

    शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन् । यद्यपि यो फिल्म रिलिज हुनुअघि ‘गुनाह’ रिलिज भयो ।

  • सम्बन्धित विषय:

  • # शीला वाज

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology