Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बाग्मती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई असर गर्दैन : इन्द्र बानियाँ

बाग्मती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई असर गर्दैन : इन्द्र बानियाँ

  • 323
    SHARES
  • बाग्मती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई असर गर्दैन : इन्द्र बानियाँ

    काठमाडौं । बाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारूढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।

    images

    बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा उनले गठबन्धनलाई कुनै असर नगर्ने बताएका हुन् ।

    उनले भने, ‘बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारूढ गठबन्धनलाई कुनै असर गर्दैन ।’

    कांग्रेस बाग्मती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बाग्मती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए ।

    बाग्मतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।

    गठबन्धनबीच सहमति भए बाग्मती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

    बाग्मती र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएको छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology