Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

  • 277
    SHARES
  • मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको संघीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् ।

    images

    राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशबाहेक संघ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताए ।

    अध्यक्ष थापाले भने, ‘विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन संघर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौं, अब सुशासनको माध्यमबाट हिन्दू राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौं ।’

    उनले दुई तहको संघीयता स्वीकार गरिएको बताए । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न सरकारलाई उचित कदम चाल्न आग्रह गरे ।

    सनातन धर्मका नाममा समाजमा रहेका रुढीवादी, परम्परागत गलत संस्कृतिलाई समाप्त पार्न राप्रपा नेपालले देशव्यापी अभियान थाल्ने उनको भनाइ छ ।

    आर्थिक विप्रेषणबाट पालिएको देशको अवस्था कुनै पनि बेला संकटमा पर्न सक्ने औंल्याएका उनले मुलुकको नीतिगत र संरचनागत सुधार हुनुपर्ने, स्थिर राजनीतिका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology