Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दिवाकर घले यू-२० टिमको म्यानेजर

दिवाकर घले यू-२० टिमको म्यानेजर

  • 323
    SHARES
  • दिवाकर घले यू-२० टिमको म्यानेजर

    काठमाडौं । दिवाकर घले गुरुङ नेपाली यू-२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यू-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो ।

    images

    घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन् । भारतको ओडिसामा हुने प्रतियोगिता २५  जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ ।

    यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ । साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

    यस्तै नेपालले  २७ जुलाईमा श्रीलंका र  ३१  जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ । नेपालले २  अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ ।

    यसैगरी यू-२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ ।

    नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology