Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

  • आषाढ १७, २०७९ शुक्रवार १९:४५ बजे
  • 260
    SHARES
  • ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

    जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।

    images

    सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

    उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

    दुवैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । सँगै हिँडिरहेका उनीहरूमाथि शंका लागेर शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ । दुवै जनाविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology