वेबटिभी खबर
काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ ।
सेनाले पछिल्लो पटक सिरहाको कमला नदीमा मनसुन पूर्वको विपद् प्रतिकार्य योजनाअन्तर्गत यही असार तेस्रो साता (१५-१७) प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । सो अवसरमा डुबानमा परेकालाई कसरी उद्धार गर्ने भन्ने कलासम्बधी विभिन्न प्रदर्शनी गरिएको थियो ।
नेपाली सेनाको विपद् व्यवस्थापन विज्ञद्वारा हेलिकप्टरबाट तथा डोरीबाट उद्धार अभ्यास समेत प्रदर्शन गरिएको थियो । मुख्यमन्त्री राउतले तराई मधेस क्षेत्रमा वर्षेनी हुने डुबान समस्याबाट पीडितलाई उद्धार, गर्न एकीकृतरूपमा मधेस प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्न पहल गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij