Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

  • 631
    SHARES
  • धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

    काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । 

    पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले अग्रता बनायो । खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए । 

    जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो  । चितवनको यो पहिलो हार हो ।   चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology