Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अर्थ मन्त्रालयले भन्याे : जेठ १४ गते रातिको सीसीटीभी फुटेज 'डिलिट' भयो

अर्थ मन्त्रालयले भन्याे : जेठ १४ गते रातिको सीसीटीभी फुटेज 'डिलिट' भयो

  • 506
    SHARES
  • अर्थ मन्त्रालयले भन्याे : जेठ १४ गते रातिको सीसीटीभी फुटेज 'डिलिट' भयो

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले फुटेज 'डिलिट' भएकाे बताएकाे हाे । 

    images

    १४ गतेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराइदन भन्दै पौडेलले असार १४ गते निवेदन दिएका थिए । निवेदनमा उनले २०७८ भदौ २४ गते बेलुका ११ बजेदेखि २०५८ भदौ २५ गते विहान ६ बजेसम्म र २०७८ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते विहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेका थिए । 

    अर्थ मन्त्रालयले निवेदनको जवाफ आज पौडेललाई दिएको छ । जवाफमा मन्त्रालयले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख त्रमसः मेटिदै जाने भनी लेखि आएको हुँदा सोही व्यहोरा सूचना तथा जनकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’ 

    अर्थ मन्त्रालयको यो भनाई सरकारले २०७२ सालमा लागू गरेको सीसीटीभी जाडान तथा सञ्चालन सम्बन्धी कार्यविधि विपरित रहकाे पाइएको छ । कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयले १३ दिननभन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology