Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पाँचथरको राँके-रवि सडकको कामले गतिलिन सकेन

पाँचथरको राँके-रवि सडकको कामले गतिलिन सकेन

  • 350
    SHARES
  • पाँचथरको राँके-रवि सडकको कामले गतिलिन सकेन

    पाँचथर । राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको राँके-रवि-बुधबारे सडकको कामले गति लिन सकेको छैनन् । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके-रवि-बुधबारे सडकले गति लिन नसकेको हो ।

    पाँचथरको राँकेदेखि रवि-छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ । उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन ।

    काम सुरु भएको पाँचवर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ । ‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन’, कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने ।

    ३ करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियो । काम २०७८ मंसिरसम्म सक्नुपर्ने छ । सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता लगत्तै २०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए । म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन ।

    इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ ।

    एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् । एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड-१९ र झरी भएको बताए ।

    कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार ३ दशकअगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ ।

    उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम-फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान-धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुगेर टुंगिन्छ । 

  • सम्बन्धित विषय:

  • # सडक
  • # काम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij