वेबटिभी खबर
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-१ माल्ढुङगास्थित बेनी मालढुङगा सडकखण्डमा गएराति पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका-८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुंगा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर-दार्चुला सडकखण्ड अवरूद्ध भएको छ ।
नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij