Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

  • 466
    SHARES
  • संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन् ।

    महामन्त्री शर्माले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा विधेयक फिर्ता लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको बताएका हुन् ।

    शर्माले ट्वीटरमा भनेका छन्,‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद् छ । प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

    कांग्रेसकै अर्का महामन्त्री गगन थापाले पनि संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij