Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अनेरास्ववियूले मुख्यमन्त्री र मन्त्रीको मुकुण्डो लगाएर माग्यो एक रूपैयाँ !

अनेरास्ववियूले मुख्यमन्त्री र मन्त्रीको मुकुण्डो लगाएर माग्यो एक रूपैयाँ !

  • 501
    SHARES
  • अनेरास्ववियूले मुख्यमन्त्री र मन्त्रीको मुकुण्डो लगाएर माग्यो एक रूपैयाँ !

    काठमाडौं । प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ ।

    यही क्रममा एमालेनिकट अनेरास्ववियूले सोमबार पोखरामा फरक शैलीमा विरोध प्रदर्शन गर्‍यो ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसेका हुन् ।

    ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रूपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

    अनेरास्ववियुले पोखरा–७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ ।

    मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रष्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो ।

    त्यस्तै विभिन्न पार्टीमा आवद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ । उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएको हो ।

    विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

    त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij