वेबटिभी खबर
काठमाडौं । नेपाली युवा मोदनाथ सिलवालले श्रीलंका आन्दोलनमा सहभागी युवा नेतालाई प्रश्न गरेका छन् । सिलवालले श्रीलंकाको आन्दोलनमा सहभागी युवा नेता भूमि सेनेविरथनालाई आन्दोलनको मुख्य माग र अबको बाटो के हो ? भनेर प्रश्न गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालका नेता समेत रहेका सिलवालको प्रश्नको जवाफ दिँदै भूमि सेनेविरथनाले संविधानको परिमार्जन गरेर जनताको संविधान बनाउन माग गरेको, राष्ट्रपतिको कार्यकारी अधिकार खारेज गर्नु पर्ने, संसदमा बस्नको लागि दक्ष व्यक्ति चाहिने, अब चुनावमा जान नसक्ने भएकाले अन्तरिम सरकारमा जान र विज्ञहरूको समूहबाट सहयोग लिन माग गरेको र राजपक्ष शासनद्वारा लुटेका सबै पैसा फिर्ता गर्न आवश्यक भएको बताएकी छिन् ।
उनले यी मध्ये कुनै पनि गर्न पहिले आफ्नो राष्ट्रपतिले पद त्याग्नु गर्नु गर्ने र २० औं संशोधनले उनलाई दिएको अधिकार चरम रहेको उनको कार्यकारी शक्तिले आफूहरूलाई केही गर्न नसक्ने बताएको हुन् । उनले भुमि गोटभाया सत्तामा आउनुअघि कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्थिन ।
तर जब कम्युनिष्ट पार्टीले राष्ट्रपतिको चुनावमा गोटाबायालाई समर्थन गर्ने निर्णय गर्यो, उनीहरू जातिवादी र हत्यारा हुन् भन्ने थाहा पाएको र देशका वर्तमान सबै राजनीतिक दलहरू भ्रष्ट भएको अब समर्थन गर्न नसक्ने भन्दै पार्टीबाट बाहिर निस्किन ।
अब उनी देश र जनतालाई साँच्चै माया गर्ने स्वतन्त्र जनताको समूहसँग राजनीति गर्ने गरेको र आन्दोलनलाई स्वतन्त्र रूपमा समर्थन गरिरहेको बताउछिन् । अहिले उनी ACT NOW समूह र Tharunodaya को प्रतिनिधित्व गर्छिन । परिवर्तनको माग गर्दै यस्ता धेरै युवा नेताहरू आन्दोलनमा होमिएको उनीले बताइन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij