Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ 

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ 

  • 308
    SHARES
  • विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ 

    काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका-८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलंकीबाट पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले ६ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा ६ वर्ष कैद र ६ लाख जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं पेश गरिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij