Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

‘बरू इसीडी कोटा नै खारेज गर सरकार’

‘बरू इसीडी कोटा नै खारेज गर सरकार’

  • 5.7K
    SHARES
  • ‘बरू इसीडी कोटा नै खारेज गर सरकार’

    मन्त्री भएपछि नेताहरू जे पनि बोल्छन् । के बाेल्न हुने के नहुने त्याे चिन्न सक्नुपर्छ । अन्य शिक्षकलाई सेवासुविधा दिने बेलामा केही खोज्न परेन । हामी पीडित बालशिक्षकलाई दिने बेलामा चाहिँ अनेक तर्कवितर्क गरेर टार्न खोजेको देखिन्छ ।

    images

    शोषित वर्गले शासन गरेको देशमा अन्याय छ । न्याय कहाँ पाइएला ? ठूलाबडा आउँदा सोफामा बसाएर लोकल कुखुराको खाने की खसीको मासु भनी साेध्ने गरिन्छ । तर गरिब आउँदा परै बस भनेर ठूलो स्वर गरिन्छ । हामी बाल शिक्षकमा यही लागू भएको छ यतिखेर । धनी र गरिबबीचमा विभेद गरिएजस्ताे । 

    खुरुक्क यो इसीडी कोटा नै खारेज गर सरकार । हामी बरू बेलैमा आ–आफ्नो सुर गर्छौं । हामीलाई सत्तामा जाने भर्याङ मात्रै नबनाइयोस् भन्ने हामी बालविकास शिक्षकको माग छ ।

    समयमा तलब पाएका छैनौं । दरबन्दी छैन । अनेकौं समस्या झेलेर हामी पढाइरहेका छौं । वर्षाैं पढाएर हामी बाल शिक्षकले खाली हात अवकाश लिनुपर्छ । हाम्रो पिर न स्थानीय सरकारले बुझेको न संघीय सरकारले । 

    ‘शिक्षकले विद्यार्थीलाई विद्यालयमा पढाएर मात्र हुँदैन, होम भिजिट गर्नैपर्छ’ भन्ने शिक्षामन्त्रीको भनाइबारे के भन्छन् शिक्षक ? ‘शिक्षकले विद्यार्थीलाई विद्यालयमा पढाएर मात्र हुँदैन, होम भिजिट गर्नैपर्छ’ भन्ने शिक्षामन्त्रीको भनाइबारे के भन्छन् शिक्षक ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology