Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

  • 393
    SHARES
  • ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

    सर्लाही । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड बढी राजस्व संकलन गरेको छ ।

    मधेस प्रदेशका ८ वटा जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेको हो ।

    आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले ३ करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले १ करोड ७८ लाख ७० हजार ५ सय मात्र राजस्व संकलन गरेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले ३ करोड ७५ लाख ५६ हजार, सप्तरीले २ करोड १२ लाख ५१ हजार, धनुषाले १ करोड ९७ लाख ५७ हजार, महोत्तरीको २ करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले २ करोड १६ लाख ३४ हजार ५००, बाराले २ करोड ४५ लाख ६८ हजार र पर्साले २ करोड ८५ लाख २१ हजार ५०० राजस्व संकलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

    उक्त कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ५९ हजार १ सय ८८ वटा सवारी साधनबाट १९ करोड १६ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij