यहाँ अभिभावक र समाजसेवीलाई पनि शिक्षा दिनुपर्ने छ । शिक्षकको एकल प्रयासले काम गर्न सकिन्न । शिक्षक संगठनका नेताहरूलाई राखेर के–के गर्ने हो गराउनुहोस् । उनीहरू राम्रो नराम्रोबारे बुझ्न खोज्दैनन् । आफ्नो संगठनको हो की होइन भन्ने आधारमा सही र गलत भन्ने गर्छन् ।
‘शिक्षकले विद्यार्थीलाई विद्यालयमा पढाएर मात्र हुँदैन, होम भिजिट गर्नैपर्छ’ भन्ने शिक्षामन्त्रीको भनाइ राम्रो ठिक हो । हरेक बच्चाको घरायसी अवस्था बुझ्नु सकारात्मक हो ।
भोलि विद्यालयले बच्चालाई के कुरामा सपोर्ट गर्नुपर्ने रहेछ भन्ने पनि थाहा हुन्छ । हामी शिक्षाको गुणस्तर सुधार गर्न तयार हुनैपर्छ । सेड्युल बनाएर हिडौँला । त्यस दिनको लागि खाजा, खाना जस्ता नर्मल एक्सपेन्डिचर त म्यानेज गर्न गार्हो हुन्छ । थप भत्ता त परै जाओस् । कमसे कम मिनिमम रिक्वायरमेन्ट फूलफिल गर्ने खर्च त व्यवस्था गरिदिनुपर्यो सरकार ।
हरेक कुरामा निहुँ खोजेर र सुविधा साथै नकारात्मक विचार बोकेर गाउँ घरका साधारण स्कुल सुधार हुन सक्दैन । पाइला पाइलामा राजनीतिक आँखाले हेर्ने सामाजिक अभियन्ता छन् ।
निष्पक्ष ढंगले काम गर्ने वातावरण देखिदैन । कहाँ सजिलो छ र ? सरकारले ल्याएका हरेक कार्यक्रम विपक्षमा बसेका पार्टीका शिक्षक विरोध मै उत्रिने मनोवृत्ति छ । अलि बढी मेहनत गरेर गरिबका छोराछोरीको भविष्यका लागि योगदान गरौं भन्ने भावना धेरैसँग छैन ।
अभिभावक विद्यालयप्रति उदासीन छन् । साथै विभिन्न तहका सरकार पनि त्यस्तै छन् । कर्मचारी शिक्षकप्रति हाकिमी शैली देखाउँछन् । आफूलाई मालिक र शिक्षकलाई मजदुर वर्ग सम्झन्छन् । नेताको शैली त्यस्तै छ ।
विद्यालय र शैक्षिकस्तरमा सुधार ल्याउन सबै पक्षले केही वर्ष निकै मेहनत गर्नुपर्ने हुन्छ । सुझाव दिन खुब आउँछ हामीलाई तर काम गर्न, आफ्नो आचरणमा सुधार ल्याउन, खराब बानी त्याग्न र सकारात्मक हुन खुब गार्हो हुन्छ । हायर एण्ड फायरको नीति बनाएर कडाइका साथ लाग्ने हो भने सुधार हुन्छ । आखिर गरेरै हुने त हो ।
शिक्षक रामजी तिमिल्सिनाकाे टिप्पणी
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology