Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ताराबहादुरले ल्याए दाेस्राे उपन्यास ‘बाउ’

ताराबहादुरले ल्याए दाेस्राे उपन्यास ‘बाउ’

  • 565
    SHARES
  • ताराबहादुरले ल्याए दाेस्राे उपन्यास ‘बाउ’

    काठमाडौं । संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीको आठौं कृति ‘बाउ’ लोकार्पण गरिएको छ । बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले लोकार्पण गरेका हुन् । 

    गुरुङले बुढाथोकीको ‘बाउ’ उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको बताए । कार्यक्रममा बुढाथोकीको कृति ‘बाउ’ माथि डा.अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गरेका थिए ।

    कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै कलिलो उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताए । पेशाले स्थायी शिक्षक रहेका बुढाथोकीको यो आठौं तथा उपन्यासमा दोस्रो कृति हो ।

    नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसकेका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्षसमेत हुन् ।  संखुवासभा कलाकार चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता इतिहास तथा संस्कृतिविद् प्रा.डा.रमेश ढुंगेलले गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij