Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एथलेटिक्स परिवार नेपालको कार्यसमिति गठन

एथलेटिक्स परिवार नेपालको कार्यसमिति गठन

  • 483
    SHARES
  • एथलेटिक्स परिवार नेपालको कार्यसमिति गठन

    काठमाडौं । एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भएका हुन् । त्यस्तै महिला सदस्यमा सपना आचार्य निर्विरोध भइन् । सुन्दरकेशर कार्की सचिवमा निर्विरोध भइन् ।

    सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भए । आइतबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई मनोनीत गरेको छ ।

    महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनीत भएका छन् । यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी,माया चौधरी र सुनिताकुमारी योञ्जन लामा पनि सदस्यमा मनोनीत भएका छन् ।

    सोमबार नै बसेको पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ति गुरुङ मनोनयन गरेको छ भने सुशिलनरसिहं राणा, सुनिल राजवंशी, मोहन नेपाल, सञ्जीव तुलाधर, ध्रुवविक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ ।

    कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी सदस्य नन्दा बस्यालले गरिन् ।

    athil.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij