Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग्ने ६ जना पक्राउ

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग्ने ६ जना पक्राउ

  • 481
    SHARES
  • २७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग्ने ६ जना पक्राउ

    दाङ । दैलेखकाे चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images

    पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका-३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका-७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका-६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् । 

    प्रहरीका अनुसार सोमबार राति बुटवल बसपार्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ भन्दै बुटवल पुल्चोकसम्म आउन आग्रह गरेकी थिइन् । केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखेका थिए । 

    त्यसपछि गाडीमा राखेर उनलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई राखेका थिए । होटलबाट नै उनीहरुले फिरौती माग गरेको खुल्न आएको छ । 

    घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको गाडी सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology