Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमितको उपचारका लागि फाइजरले भारतलाई ७ करोड डलरको औषधि पठाउने 

कोरोना संक्रमितको उपचारका लागि फाइजरले भारतलाई ७ करोड डलरको औषधि पठाउने 

  • 815
    SHARES
  • कोरोना संक्रमितको उपचारका लागि फाइजरले भारतलाई ७ करोड डलरको औषधि पठाउने 

    नयाँ दिल्ली । औषधि बनाउने कम्पनी फाइजरले कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारतलाई सात करोड डलर मूल्य बराबरको औषधि निशुल्क सहयोग गर्ने भएको छ ।

    images

    कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोना भाइरस महामारीको दोस्रो लहरले प्रभावित भारतीय नागरिकलाई अत्यावश्यक औषधिको रुपमा मानवीय सहायता पठाउने बताएका छन् । कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो मानवीय राहत प्रयास हो । 

    कम्पनीले भनेको छ, 'हामी देशको सरकारी अस्पतालमा भर्ना भएका कोभिड बिरामीहरुलाई ९० दिन भित्र निःशुल्क औषधि पाउन सुनिश्चित गर्न धेरै मात्रामा औषधि सहयोग गर्दैछौं । हामी आशा गर्दछौं कि यस प्रयासले सयौंको जीवन बाच्नेछ ।'

    कम्पनीले विज्ञप्ति जारी गर्दै अमेरिका, युरोप एवं एशियामा रहेका फाइजर सेन्टरले भारत सरकारको कोरोनासम्बन्धी मापदण्डअनुसार बिरामीको उपचारमा प्रयोग हुने औषधि छिटोभन्दा छिटो भारत पुर्याउने काममा लागेको बताएको छ । यी औषधिमा दुखाई कम गर्ने, रगत जम्न नदिने र ब्याक्टेरियल संक्रमणसँग लड्ने एन्टीबायोटिक रहेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology