Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतको महाराष्ट्रमा कोरोनाको पाँच भेरिएन्ट भेटियो

भारतको महाराष्ट्रमा कोरोनाको पाँच भेरिएन्ट भेटियो

  • 667
    SHARES
  • भारतको महाराष्ट्रमा कोरोनाको पाँच भेरिएन्ट भेटियो

    नागपुर । महाराष्ट्रको नागपुरमा कोरोना भाइरसको पाँच वटा नयाँ भेरिएन्ट भेटिएको छ । दिल्लीबाट प्राप्त रिपोर्टअनुसार ३५ नमुना परीक्षणमा पाँच वटा नयाँ भेरिएन्ट फेला परेको हो ।

    images

    नागपुरको इन्दिरा गान्धी मेडिकल कलेज र नागपुर मेडिकल कलेजमा आएको संदिग्ध बिरामीको नमुना परीक्षणका लागि पुणे र दिल्ली पठाइएको ७४ मध्ये ३५ जनामा भाइरसको पाँच वटा म्युटेसन पाइएको हो । जसमा २६ नमुनामा डबल म्युटेड भाइरस भएको इन्दिरा गान्धी मेडिकल कलेजका माइक्रो बायोलोजी विभागका सहयोगी प्रोफेसर डा. रवीन्द्र खड्सेले बताएका छन् । 

    खड्सेले यी भेरिएन्ट घातक हुन सक्ने बताएका छन् । कोरोना संक्रमित भएर निको भएका व्यक्तिमा प्रतिरोधात्मक क्षमता विकास हुन्छ तर नयाँ भेरिएन्टलाई उक्त प्रतिरोधात्मक क्षमताले असर नगर्ने भएकाले मानिसहरु पुनः संक्रमित हुन सक्ने खतरा रहन्छ । यही कारण कोरोना खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भएको डा. खड्सेले बताए ।

    स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार १२ राज्यमा एक लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । सात राज्यमा ५० हजारदेखि एक लाख र १७ राज्यमा ५० हजारभन्दा कम सक्रिय संक्रमित छन् । भारतभर हालसम्म ८१ प्रतिशत संक्रमित भाइरसबाट निको भएका छन् भने मृत्युदर १ प्रतिशतको आसपास छ । दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, छत्तीसगढमा नयाँ संक्रमित कम हुँदै गएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology