वेबटिभी खबर
विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल ५ लाख २५ हजार १ सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार उक्त अवधिमा मासु ८ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो ।
अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार ६ सय २३ मेट्रिकटन, मासु १ हजार ६ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख ९ हजार र ऊन ४ सय ७ किलो बढी उत्पादन भएको हो ।
प्रदेशभरिमा गाईगोरुको संख्या २० लाख ९९ हजार ४ सय ९७, भैँसी/राँगो ८ लाख ८५ हजार ८ सय ३९, बाख्रा २८ लाख ७ हजार ५ सय ८८, बङ्गुर ६ लाख ९४ हजार ८ सय ४५, कुखुरा ८९ लाख ४१ हजार ६ सय ७७, भेडा ५९ हजार २ सय ३१ र याक/नाक १८ हजार १० रहेको बताइएको छ ।
प्रदेशमा हालसम्ममा १० हजार ७ सय ७५ पोखरीअन्तर्गत १ हजार ९ सय ६२.३६ हेक्टर जलाशय क्षेत्रबाट कूल ९ हजार ८ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको संख्या र जलाशय क्षेत्र पनि बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा ९ हजार १ सय ६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुंगानाले जानकारी दिए।
यसैगरी ट्राउट माछातर्फ आर्थिक वर्ष २०७७/७८ मा रेसवे संख्या १ सय ८१ बाट गएको वर्षमा ३ सय ६२ पुगेको जलाशय क्षेत्र ३ हजार ६ सय ११ हेक्टरबाट ६ हजार ८ सय ५० पुगेको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ ।
प्रदेश सरकारको ११ करोड ४९ लाख ६१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (संघ सशर्त अनुदान) को ४ करोड ९२ लाख ५० हजार, पशुसेवा संघ सशर्त अनुदानको ६८ लाख ८ सय ५० र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम संघ सशर्त अनुदानको ७ लाख ३३ हजार बजेट रहेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij