Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दोव्बरले बढ्यो पाटे बाघको संख्या

दोव्बरले बढ्यो पाटे बाघको संख्या

  • 482
    SHARES
  • दोव्बरले बढ्यो पाटे बाघको संख्या

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या दोब्बरले बढेको छ । पाटे बाघको संख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिंग नखुलेका बाघको संख्या ८ रहेको छ ।

    बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरूपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको संख्या बढेको बताइएको छ ।

    ‘सन् २०२२ भित्रै बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ’, उनले भने, ‘यसलाई निकै ठूलो उपलब्धिकारूपमा लिएका छौं ।’ गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।

    शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

    थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रकारूपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । २००९ मा निकुञ्जमा बाघको संख्या ८ वटा मात्रै रहेको थियो । त्यो संख्या बढेर अहिले ३६ पुगेको छ ।

    अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij