Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कर्मचारी, इसीडी शिक्षक र शिक्षक महासंंघको राजनीति [टिप्पणी]

विद्यालय कर्मचारी, इसीडी शिक्षक र शिक्षक महासंंघको राजनीति [टिप्पणी]

  • श्रावण १५, २०७९ आइतवार १०:४५ बजे
  • 4.9K
    SHARES
  • विद्यालय कर्मचारी, इसीडी शिक्षक र शिक्षक महासंंघको राजनीति [टिप्पणी]

    विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई अहिलेसम्म तलबभत्ता, सेवासुविधा दिइएको छैन । यस्तो अन्याय गर्न पाइन्छ ? भन्ने देखावटी कुरा गर्ने तर भित्रभित्रै अन्याय, अत्याचार र दमन गर्ने शिक्षक महासंघ हो ।

    images

    यही शिक्षक महासंघले गर्दा विद्यालयका कर्मचारी र इसीडी शिक्षकको यो हविगत भएको हो । विद्यालय कर्मचारी र इसीडी शिक्षकको समस्यालाई देखाएर शिक्षक महासंघका प्रतिनिधिले आफ्नो माग पूरा गरिरहेका हुन्छन् ।

    विद्यालयबाट अवकास लिइ सकेपछि आफ्नो स्वार्थ पूरा हुने राजनितिक पार्टीमा आबद्ध हुन्छन् । विद्यालय कर्मचारी र इसीडी शिक्षक भनेको त शिक्षकका संघ संगठनको मागी खाने भाँडो हो उनीहरूको दृष्टिमा । हाम्रा समस्याहरूलाई लिएर उनीहरूको माग पूरा गर्छन् ।

    उनीहरूमाथि चढ्ने खुड्किलाको रूपमा हामीलाई प्रयोग गर्दछन् । कुरा २०५२ सालको हो । म काठमाडौंमा कलेज पढ्दा सुन्धाराको बाटो भएर हिँड्दा त्यहाँ एउटा टाउको अलि ठूलो भएको, निधारभरि पिठो धसेको, हातखुट्टा साना अनि बाङ्गा भएको, एउटा बाङ्गो खुट्टो घुमाएर लगेर टाउको पछडि गर्दनमा राखेर सिरानी हालेको, एउटा बाङ्गो हातले डमरु बजाएको अर्को बाङ्गो हात रगताम्य बनाई थाल समातेको भिखारी भेटिन्थ्यो । जो कसैले उसलाई देख्नासाथ उसको अवस्थादेखि भावुक भएर थालमा पैसा राखिदिन्थे । सधैं उसको हात रगताम्य भइरहने । कहिल्यै निको नहुने । मलाई हिँड्नु पर्ने बाटो त्यही भएका कारण एक रुपैयाँको दरले ६/७ दिनसम्म त थालमा पैसा राखिदिएँ ।

    भिखारीको त्यो रगताम्य भएको घाउ कहिल्यै निको हुँदैन । एक दिन म कलेज जाने क्रममा भिखारी नजिकै पुग्दै थिएँ । उसको पैसाले भरिएको थाल एकजना अन्दाजी ६०/६५ वर्षको देखिने मान्छेले पैसा झोलामा हाली थाल त्यही राखेर हिँड्यो । म ‘विचरा यस्तो मान्छेले मागेको पैसा किन लगिस्’ भन्छु भनेर पछि लागेर गएँ ।  त्यो मान्छे भिडमा हरायो । चिन्नै सकिनँ । अनि फर्किएर विचरा त्यस भिखारी नजिक आएर के साइनो लगाएर बोलाउने दाइ वा भाइ भनि अनुहार हेरेको त सेतो पिठोले लतपतिएको अनुहार कति वर्ष जतिको हो थाह पाउनै सकिनँ । अनि  २० रुपैयाँको नोट थालमा राख्दै भावुक बन्दै बडो मिठास तरिकाले सोधें । मैले सोधेका कुराको उत्तर पहिला दिन अनकनाउँदै विस्तारै सबै भन्यो । पैसा लाने आफ्नै बाउ रहेछ । घरमा साँझपख आएर लाने बेलुका एक छाक खान दिने विहान दिसापिसाब गराउने अनि विहान खान खान नदिई मिठो वचनले तलाइँ विहानको खान किन खानु पर्‍यो डमरु हल्लाउन सकि हाल्छस् भन्दै खाटो बसेको घाउ कोट्याइ रगताम्मे बनाउने र त्यही ठाउँमा ल्याएर राखिदिने गर्दा रहेछन् । त्यसरी बाबुआमाले आफ्नो गुजारा चलाएका रहेछन् । सबै कुरा थाहा पाएपछि मैले त्यो बाटो भएर हिँड्नै छाडेँ । यस्तै हो महासंघको चरित्र ।

    शिक्षक महासंघले विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई एकछाक खान मिल्ने गरि तलबभत्ताको व्यवस्था गरिदिनु पर्‍यो भन्छ । र,आफ्नो  माग पूरा नभएको बेला देशभर आन्दोलन चर्काउने । यी शिक्षकका संघ संगठनले नेपालमा संघीयता लागु भई संविधान समेत बनिसकेको अवस्थामा सात वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन नआउँदा खै आन्दोलन गरेको ? किन भने धमिलो पानीमा माछा मार्न सजिलो भइरहेको छ ।

    सबै शिक्षक र प्रधानाध्यापक त्यस भिखारीको बाबुआमा जस्ता त हुँदैनन् तर पनि महासंघमा भिखारीका बाबुआमा जस्तै चरित्र भएका व्यक्तिहरूको बाहुल्यता छ । ५१ बुँदे माग समेटिएको ज्ञापनपत्र कार्यन्वयन भयो त ? यो त हात्तीको देखाउने दाँत जस्तै भयो ।

    विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई आफ्नो आफ्नो विद्यालयको प्रधानाध्यापकको व्यावहार छर्लङ्गै थाह छ नि । हो यिनै प्रधानाध्यापकको संघ संगठन हो महासंघ । अनि तपाईं हाम्रो लागि भलो हुने काम गर्छन् ? यिनीहरूसँग स्वार्थ छैन भने एक हप्ता राष्ट्रिय शैक्षिक आन्दोलन सुरु गरुन् ! 
    तत्कालै शिक्षा ऐन आउँछ ।

    यिनीहरूले विद्यालय कर्मचारी र इसीडी शिक्षकको स्थायी दरबन्दीको लागि संविधान अनुसारको पारिश्रमिकको बारेमा हामीलाई देखाउनको लागि मात्रै बोलेका छन् । कार्यान्वयन होस् भन्ने भित्री चाहना छैन । चाहना त श्रम ऐनअनुसार दिए हुन्छ भन्ने मात्रै छ । विद्यालय लेखापाललाई कार्यालय सहयोगीको स्तरमा ल्याउने महासंघ हो ।

    कम्प्युटरमा डिप्लोमा गरेको न्यूनतम १२ कक्षा पास गरेको हुनुपर्ने भनेर लेखापाल नियुक्ति गर्ने र तलब श्रम ऐन अनुसार दिए हुन्छ भन्ने । आफ्नौ खल्तीबाट दिन परे जस्तो ।काम भने विद्यालयको प्रशासनिक, आर्थिक, कम्प्युटर अपरेटर, पढाउने,अरुका खाली पिरियडमा पनि पढाउन जानुपर्ने । बिदाको समयमा पनि विद्यालयमा गइरहनु पर्ने । तलब भने त्यस्तो ।

    महासंघलाई लेबीदिन बन्द गरी उनीहरूको पछि लाग्न छोडि दिऊँ । हामी विद्यालय कर्मचारी र इसीडी शिक्षक एकजुट भएर आन्दोलन गरौं । हामीले हाम्रो नेतृत्वला घचघचाउनु पर्छ । नेपालभरि अस्थायी करारमा कर्मचारी चाहिएमा प्रचलित संविधानको ऐन नियमअनुसार उचित पारिश्रमिक दिन हुने ।

    विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई खाली श्रम ऐनअनुसार भन्ने ? विद्यालय कर्मचारी र इसीडी शिक्षक विद्यालयमा आवश्यक छैन भने नराखे भइहाल्यो नि ! सरकार पनि जुन जोगी आए पनि कानै चिरेका भने जस्तै चिप्ला कुरा गर्ने ? आश्वासन दिने । व्यवहारमा लागु कहिले नगराउने ?  प्रधानमन्त्री शेरबहादुर देउवालाई त विद्यालयमा विद्यालय कर्मचारी र इसीडी शिक्षक हुन्छन् भन्ने पनि  थाहै रहेनछ ।

    संसदमा रहेका शिक्षा समितिले संघीय शिक्षा ऐन संसदमा छलफलको लागि ल्याउनु निर्देशन दिइसकेका छन् । तर संघीय शिक्षा ऐन कानुन मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा अड्किएको अड्केइ रहेछ । किन न अड्कियोस् र ! संसदमा आएर छलफलपछि ऐन पास हुनासाथ अहिले उपलब्ध गराइएको विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबभत्तामा अनुमानित थप २०/२१ अर्ब बजेट चाहिँदो रहेछ । हामीलाई दिनु पर्ने यो रकमले उनीहरूले भष्टाचार गरी चइन गरेका छन् । किन ल्याउथे ऐन ? नेताको झोला बोकेर हिँड्ने महासंघले विद्यालय कर्मचारी र इसीडी शिक्षकको भलो हुने काम गर्छ र पछि लाग्नु ?

    हामी विद्यालय कर्मचारी र इसीडी शिक्षक अब आफैं कि गर कि मर भन्ने  किसिमले आन्दोलन अगाडि बढाउनु पर्दछ । हामीले नेतृत्वलाई राष्ट्रव्यापी आन्दोलनको लागि समितिको बैठक बस्न लगाई आन्दोलनको समय तोक्न लगाउनु पर्दछ । मंरिमा हुन गइरहेको चुनाबको मिति घोषणा हुनुभन्दा अगाडि नै आन्दोलन गर्नु पर्दछ ।

    [लेखक नेपाल विद्यालय कर्मचारी युनियन, मर्स्याङ्दी गाउँपालिकाको कार्यसमिति अध्यक्ष हुन् ।]

    [ब्लग] इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबमा स्थानीय तहले राजनीति गर्न सुहाउँदैन [ब्लग] इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबमा स्थानीय तहले राजनीति गर्न सुहाउँदैन


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology