Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सरकारले सहमति कार्यान्वयन नगरे भदौ १ गतेबाट आन्दोलन सुरु हुन्छ : विद्यालय कर्मचारी परिषद्

सरकारले सहमति कार्यान्वयन नगरे भदौ १ गतेबाट आन्दोलन सुरु हुन्छ : विद्यालय कर्मचारी परिषद्

  • 3.8K
    SHARES
  • सरकारले सहमति कार्यान्वयन नगरे भदौ १ गतेबाट आन्दोलन सुरु हुन्छ :  विद्यालय कर्मचारी परिषद्

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, काठमाडौंले सरकारले विद्यालय कर्मचारीको सेवा सुविधासम्बन्धी शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयन नगरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    परिषद्ले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले सहमतिविपरित कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० प्रकाशन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ याेगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०७९/०४/१७ गतेका दिन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माननीय कन्त्रीस्तरको निर्णय बमोजिम स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० बाट मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवासुविधा सम्बन्धित नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौताविपरित प्रकाशन गरिएकोमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको गम्भीर ध्यान केन्द्रित भएको छ ।’

    परिषद्ले कार्यक्रम कार्यान्वयन पुस्तिका तत्काल संशोधन गरि यसअघिको सहमति बमोजिम विद्यालय कर्मचारीको सेवासुविधा कार्यान्वय गर्नुपर्ने बताएको छ । सहमति कार्यान्वयनमा नआए भदौ १ गतेबाट सरकारविरुद्ध आन्दोलन सुरु हुने जानकारी परिषद्ले गराएको छ ।

    शिक्षा मन्त्रालय, मन्त्रीस्तरबाट स्वीकृत भइ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेकाे थियाे ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ९ फागुन २०७८ सोमबार ५१ बुँदे सहमति भएको थियो ।

    सरकारले बढाएन विद्यालय कर्मचारीको तलब  सरकारले बढाएन विद्यालय कर्मचारीको तलब   

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नपुग तलब स्थानीय तहले दिनुपर्छ : संघीय सरकार  इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नपुग तलब स्थानीय तहले दिनुपर्छ : संघीय सरकार 

    297636128_2254386174731695_382912911610096847_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology