Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तनहुँमा विनियोजित मध्ये आधा बजेट खर्च 

तनहुँमा विनियोजित मध्ये आधा बजेट खर्च 

  • श्रावण २०, २०७९ शुक्रवार १५:४६ बजे
  • 343
    SHARES
  • तनहुँमा विनियोजित मध्ये आधा बजेट खर्च 

    तनहुँ । तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट ५ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।

    images

    उक्त अवधिमा जिल्लामा ३ अर्ब १२ करोड ६१ लाख ९ हजार ८ सय ३५ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष खर्च हुन नसकेर २ अर्ब ८२ करोड ७५ लाख ३६ हजार ८ सय ५५ फिर्ता भएको छ ।

    संघ सरकारबाट २ अर्ब २३ करोड ७७ लाख ९९ हजार ६ सय १ खर्च हुन नसकी फिर्ता भएको छ भने प्रदेश सरकारबाट ५८ करोड ९७ लाख ३७ हजार २ सय ५४ खर्च हुन नसकेको कार्यालयले जनाएको छ ।

    संघ सरकारबाट उक्त वर्ष विकास बजेटतर्फ ३ अर्ब ६२ करोड २९ लाख ६३ हजार ६ सय ९० विनियोजन भएको थियो । उक्त वर्ष १ अर्ब ३८ करोड ५१ लाख ६४ हजार ८९ मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारबाट विकास बजेटतर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार विनियोजन भएकोमा १ अर्ब ७४ करोड ९ लाख ४५ हजार ७ सय ४६ मात्रै खर्च भएको छ । संघ सरकारको विकास बजेटखर्च ३८ प्रतिशत र प्रदेश सरकारको ७४.६८ प्रतिशत छ ।

    चालुतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ८ अर्ब ६२ करोड २८ लाख २ हजार ८ सय ८७ बजेट खर्च भएको छ । चालुतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारबाट चालुतर्फ ८५ करोड ४४ लाख ३३ हजार र पुँजीगततर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार विनियोजन भएको थियो।

    संघ सरकारअन्तर्गत भानुभक्त प्राणी उद्यानले पुँजीगततर्फ १ करोड ७२ लाख ३० हजार ६ सय १६, सडक डिभिजन कार्यालयले ४३ करोड ७९ लाख ८५ हजार ८ सय ८०, मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड)ले ५७ करोड ४ लाख ४२ हजार ९६, जगदल गणले १ करोड २० लाख ९ हजार ७७, नयाँ शहर आयोजना कार्यालयले १० करोड ३४ लाख ७१ हजार ६ सय सात, शिक्षा विकास तथा समन्वय इकाईले ६ करोड ५५ लाख ४८ हजार ७ सय ५१, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले १ करोड ३८ लाख ६ हजार २ सय २ खर्च गरेको छ ।

    भानु नगरपालिकाले १ करोड ८६ लाख ९ हजार, भिमाद नगरपालिकाले १ करोड ४४ लाख २७ हजार ६ सय ९, व्यास नगरपालिकाले ५५ लाख १७ हजार ३ सय १२, ऋषिङ गाउँपालिकाले ७५ लाख ७० हजार, देवघाट गाउँपालिकाले १ करोड २३ लाख ३० हजार ६ सय ७ र म्याग्दे गाउँपालिकाले १ करोड ४१ लाख ८० हजार ५ सय १३ खर्च गरेको छ ।

    प्रदेश सरकारअन्तर्गत भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले २ करोड ९० लाख ३१ हजार १ सय ५१, डिभिजन वन कार्यालयले १ करोड ६४ लाख ९९ हजार ४८, भू तथा जलाधार व्यवस्थापन कार्यालयले ४ करोड २९ लाख ९८ हजार ५ सय ३४, पूर्वाधार विकास कार्यालयले ८३ करोड ३४ लाख ५ हजार ४ सय २६, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले १६ करोड ३६ लाख ५७ हजार ४ सय १३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५८ लाख ५६ लाख ६ हजार ४ सय ४ खर्च गरेको छ ।

    कालिगण्डकी बहुप्राविधिक शिक्षालयले १ करोड १७ लाख ५५ हजार ७ सय १६, सामाजिक विकास कार्यालयले २ करोड ५२ लाख ४२ हजार २ सय ९१, दमौली अस्पतालले ४५ लाख ७५ हजार ३ सय २४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १६ लाख ४३ हजार २ सय ३५ खर्च गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology