Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री पौडेललाई गरायाे आन्दोलनबारे जानकारी

विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री पौडेललाई गरायाे आन्दोलनबारे जानकारी

  • 4.5K
    SHARES
  • विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री पौडेललाई गरायाे आन्दोलनबारे जानकारी

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आन्दोलनको कार्यक्रमकाे जानकारीपत्र बुझाएको छ । परिषद्ले आइतबार शिक्षामन्त्रीलाई साे पत्र बुझाएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

    images

    उनले भने, ‘नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिद्वारा आन्दोलनको कार्यक्रम घोषणा गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई ज्ञापनपत्रसहित आन्दोलनको कार्यक्रमकाे जानकारीपत्र बुझायौं ।’ शिक्षामन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा आन्दोलनका कार्यक्रमहरू उल्लेख रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

    आर्थिक वर्ष २०७९/८० को बजेटमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबमा वृद्धि गरिएको १५ प्रतिशत विद्यालय कर्मचारीमा पनि लागु हुनुपर्ने, विद्यालय कर्मचारीलाई महंगी भत्तास्वरूप २ हजार दिनुपर्ने, आर्थिक वर्ष २०७८/७९ मा विद्यालय कर्मचारीलाई स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने माग परिषद्को रहेको छ । 

    विद्यालय कर्मचारीका समस्याबारे पटक–पटक शिक्षामन्त्रालयसहित विभिन्न सरोकारवालासँग अनुरोध गरेपनि समस्या समाधान हुन नसक्नु दुर्भाग्य भएको परिषद्को भनाइ छ ।

    kasa.jpg
    kasa2.jpg
    298060306_1247845985977040_7281518393223133542_n.jpg
    297383405_1402677950241599_2874558398938345807_n.jpg
    kas3.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology