वेबटिभी खबर
काठमाडौं । नेपाल फाइनान्सले २३ साउनदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । लिलामीमा कम्पनीका संस्थापक शेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
आवेदन दिने अन्तिम म्याद ६ भदौसम्म छ । कम्पनीले यसअघि १७ देखि २४ असारसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता शेयर लिलामीमार्फत बिक्री गरेको थियो ।
तर सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी शेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij