Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अछामको शैक्षिक क्षेत्रमा संघीय सरकारको डेढ अर्ब बजेट

अछामको शैक्षिक क्षेत्रमा संघीय सरकारको डेढ अर्ब बजेट

  • 356
    SHARES
  • अछामको शैक्षिक क्षेत्रमा संघीय सरकारको डेढ अर्ब बजेट

    काठमाडौं । अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रूपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् ।

    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४  हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।

    सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बजेट प्राप्त गरेका छन् ।

    साँफेबगर नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ताबापत २३ करोड १५ लाख ९३ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ६१ लाख ३७ हजार, विद्यालय सञ्चालन अनुदान ६२ लाख ६१ हजार र शैक्षिक गुणस्तर सुदृढिकरणको लागि १ करोड ४४ लाख १२ हजार गरि २६ करोड ८४ लाख तीन हजार रूपैयाँ प्राप्त भएको छ ।

    सबैभन्दा कम रकम प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता ९ करोड ६४ लाख १ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ५० लाख ९ हजार, विद्यालय सञ्चालन अनुदान २१ लाख ८६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि २६ लाख ४५ हजार गरि १० करोड ४८ लाख एक हजार रूपैयाँ प्राप्त गरेको छ ।

    यस्तै मंगलसैन नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्तामा १६ करोड ९८ लाख ७२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५० लाख १६ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ५० हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ६० लाख ३४ हजार गरि १९ करोड ५० करोड ७१ हजार रूपैयाँ प्राप्त गरेको छ ।

    पन्चदेवलन विनायक नगरपालिकामा १६ करोड ४८ लाख १५ हजार रूपैयाँ, रामारोशन गाउँपालिकामा, १५ करोड २५ लाख ३८ हजार, तुर्माखाँद गाउँपालिकामा १३ करोड ३२ लाख १५ हजार रूपैयाँ र चौरपाटी गाउँपालिकामा १० करोड ७६ लाख ३२ हजार रूपैयाँ संघीय सरकारबाट विनियोजित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ  ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology