Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विदेशबाट फर्केर पशुपक्षी फार्म सञ्चालन

विदेशबाट फर्केर पशुपक्षी फार्म सञ्चालन

  • 397
    SHARES
  • विदेशबाट फर्केर पशुपक्षी फार्म सञ्चालन

    कञ्चनपुर । भीमदत्त नगरपालिका-१४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् ।

    images

    कतारमा झण्डै डेढ दशक बिताएर फर्केका उनले घरमै १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेका हुन् । चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् ।

    गत वैशाखमा मात्रै उनले ३५ वटा बङ्गुरका पाठा बिक्री गरी १ लाख ५ हजार आम्दानी गरे । अझै फार्ममा २२ बङ्गुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् । गत महिना मात्रै चौधरीले ३ हजारको कुखुरा बिक्री गरे ।

    फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसकेका उनलाई सुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्लो दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएको छ । वर्षमा चौधरीले फार्मबाट ५ लाख आम्दानी गर्दै आएको र यसबाट परिवारको खर्च सहजरूपमा चलेको बताउछन् ।

    ‘फार्ममा रहेका बङ्गुर, बाख्रा, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरा बेच्नका लागि बजारको निकै अभाव छ’, उनले भने, ‘ग्राहक खोज्दै बजार चहार्दै हिँडनु परेको छ । निकै प्रतिस्पर्धा हुँदा सस्तोमै फार्ममा पालिएका पशुपक्षी बेच्नुपर्ने बाध्यता छ ।’

    फार्ममा रहेका पशुपक्षी बिक्रीका लागि बजार सहज भए व्यवसायलाई विस्तार गर्न सकिने चौधरीको भनाइ छ । फार्ममा बढी लगानी गरे डुब्ने डर भएपछि बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उनले बताए ।

    २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ छ । ‘विदेशी भूमिमा पसिना चुहाएर १८ घण्टाभन्दा बढी चर्को घाममा काम गर्नुपर्दथ्यो’, उनले भने, ‘त्यही दुःख सम्झदै स्वदेशमै काम गर्ने निधो गरी फर्केको हुँ ।’

    फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा बिहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताए । फार्ममा उनीसंगै उनकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् ।

    कोरोना संक्रमण फैलिएपछि दुई बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको छ । ‘कोरोनाका कारण व्यवसाय नै थला पर्‍यो’, उनले भने, ‘लगानी आधा डुब्यो । कोरोनाको संक्रमण घटेसँगै हाल व्यवसायले गति लिन थालेको छ ।’

    अझै व्यवसायलाई विस्तार गर्ने चौधरीको सोचछ । त्यसका लागि लगानी जुटाउन विभिन्न बैंकमा पुगेपनि ऋण भने पाउन कठिन भएको छ । ‘बैंकले आर्थिक मन्दिका कारण ऋण दिन बन्द गरेका छन्’, उनले भने, ‘ऋण पाइए व्यवसायलाई विस्तार गरी नगरपालिकामै नमूना पशुपक्षी फार्म सञ्चालन गर्ने योजना छ ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology