Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

  • श्रावण २८, २०७९ शनिवार २१:०९ बजे
  • 264
    SHARES
  • महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

    महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१९ प ११११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।

    images

    घाइते हुनेमा प्रदेश २–०३–०१९ प ११११ नम्बरको मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका–१६ का ३५ वर्षीय हरी शंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनकी श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ । त्यस्तै प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ ।

    घाइते पाँचै जनाको जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology