Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नेपालका मनिषले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

नेपालका मनिषले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

  • 242
    SHARES
  • नेपालका मनिषले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको लागि इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।

    images

    क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको जनाएको हो। गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनिष राष्ट्रिय टिमका मुख्य सदस्य हुन् ।

    दक्षिण कोरियामा हुर्किएका मनिष नागरिकता बनाउन आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए । 

    सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनिष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology