Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अब आकस्मिक उडान मात्रै 

अब आकस्मिक उडान मात्रै 

  • 662
    SHARES
  • अब आकस्मिक उडान मात्रै 

    काठमाडौं । सरकारले त्रिभुवन विमानस्थल काठमाडौंबाहेक देशका थप चारवटा विमानस्थलबाटसमेत आकस्मिक उडानको अनुमति दिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल काठमाडौंबाहेक मोफसलका थप चार विमानस्थललाई आकस्मिक उडान गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरेको हो ।

    अब वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौंबाहेक मोफसलका थप चार विमानस्थलबाटसमेत आकस्मिक उडान अनुमति लिन सक्ने प्राधिकरणले जनाएको छ ।

    त्रिभुवन विमानस्थल काठमाडौं, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने प्राधिकरणले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले २१ वैशाखदेखि देशभित्र हुने नियमित हवाइ उडानमा प्रतिबन्ध लगाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij